२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ घन्टामा थप २१६९ जनामा कोरोना संक्रमण

२४ घन्टामा थप २१६९ जनामा कोरोना संक्रमण

870
Shares

काठमाडौं – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्। यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij