टिभिएसले ‘भ्वाइस असिस्टेन्ट फिचर’ भएको नयाँ एन्टर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार यो मोडल भारतीय बजारमा सार्वजनिक गरेको अटो हिन्दुस्तानले जनाएको छ।
एन्टर्कको यो स्कुटरमा स्पोर्टीनेस बढाउन रेस प्रेरित बाहिरी आवरण डिजाइन गरिएको छ। स्कुटरमा भएको स्पोर्टी रेड ह्विलले यसको लुक्सलाई अझै आकर्षक बनाएको छ। यो स्कुटर ट्री–कलर पेन्ट स्किममा उपलब्ध छ।
टिभिएस एनटर्क १२५ रेस एक्सपी स्कुटरमा भएको स्मार्ट एक्सोकनेक्ट कनेक्टिभिटी फिचर अपडेट गरिएको छ। स्मार्ट एक्सोकनेक्टले नयाँ मोडलको स्कुटरमा भ्वाइस असिस्टको विशेषता दिएको हो।
यो स्कुटरलाई १५ वटाभन्दा बढी भ्वाइस कमान्ड दिन सकिन्छ। यसको मद्दतमा चालकले बोलेरै पनि स्कुटरमा भएका विशेषताहरूलाई चलाउन वा अनुभव गर्न सक्छन्। त्यस्तै यो स्कुटरमा डुअल राइडिङ मोड छ। यसबाहेक नेभिगेसन, कन्सोल ब्राइटनेस एड्जस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता विशेषताहरू पनि समावेश गरिएको छ।
कम्पनीले दाबी गरेअनुसार नयाँ एन्टर्क १२५ रेस एक्सपीमा ग्यास/फ्लो डाइनामिक्स सुधार गरिएको छ। यसमा १२५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ। जसले १० बिएचपी पवार र १०.८ एनएमको टर्क जेनेरेट गर्ने क्षमता राखेको छ। स्कुटरको टप स्पिड ९८ किलोमिटर प्रति घण्टाको छ। यो अहिलेसम्मको सेग्मेन्टमध्ये सबैभन्दा शक्तिशाली स्कुटर भएको कम्पनीले बताएको छ।
कम्पनीको मार्केटिङतर्फ कम्युटर मोटरसाइकल, स्कुटर र कर्पोरेट ब्रान्डका उपाध्यक्ष अनिरुधा हल्दारले स्कुटर सार्वजनिक गर्दै भनेका छन्, ‘टिभिएस एन्टर्क १२५ रेस एक्सपी सार्वजनिक गर्न पाउँदा हर्षित छौं। यो स्कुटर अहिलेसम्मको सेग्मेन्टमध्ये सबैभन्दा धेरै पावर भएको स्कुटर हो। जसमा डुअल राइड मोड, सुपर एसिलिरेसन र टप स्पिड पनि सबैभन्दा धेरै छ।’
कम्पनीले नयाँ एन्टर्क १२५ रेस एक्सपीको सुरुवाती बजार मूल्य भारु ८३ हजार २ सय २७ तोकेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij