२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला

1.9K
Shares

काठमाडौं– यूनियन लाइफ इन्स्योरेन्सले आज (असार २४ गते) देखि साढे ६४ करोडको आईपीको बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधरणका लागि एक सय रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेकोे छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोडको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सले निष्काशन गरेकोे कुल ६४ लाख ५० हजार कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता संस्थाका कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरिएकोे छ। सर्वसाधारणले बाँकी ५८ लाख ५ हजार कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

उक्त आईपीओमा असार २४ गतेदेखि छिटोमा असार २८ गतेसम्म र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्ने निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ। आईपीओ निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij