२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

१० हजार प्रहरीलाई कोरोना संक्रमण

१० हजार प्रहरीलाई कोरोना संक्रमण

1.3K
Shares

काठमाडौं – पहिलो र दोस्रो लहरमा १० हजार बढी प्रहरीलाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म १० हजार २८० जनालाई संक्रमण भएको हो ।

हालसम्म १७ जना प्रहरीले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । संक्रमितमध्ये १० हजार १०२ जना कोरोनामुक्त भएका छन् । हाल १६१ जना उपचाररत छन् ।

कोरोना संक्रमणकै कारण ५४ जना भूतपूर्व प्रहरी कर्मचारीले समेत ज्यान गुमाएका छन् । हालसम्म ५८ हजार ९५० प्रहरीले कोरोनाको पहिलो चरणको र ४३ हजार ६१६ जनाले दोस्रो चरणको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij