२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुमारी बैंक र दृष्टि दि भिजन आइबीच सम्झौता

कुमारी बैंक र दृष्टि दि भिजन आइबीच सम्झौता

800
Shares

काठमाडौं – कुमारी बैंक र दृष्टि दि भिजन आइ सेन्टरबीच उक्त उपचार केन्द्रमा आँखा सम्बन्धित उपचार सेवामा कुमारी बैंक लि.का ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता–पत्र अनुसार दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.बाट प्रदान गरिने आँखा उपचार सम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट पाइने बैंकले जनाएको छ ।

कुमारी बैंक लि.का मार्केटिङ्ग प्रमुख श्री नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजन आइ सेन्टर प्रा.लि.का निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । कुमारी बैंक लि.ले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

साथै, आप्mना ग्राहकहरुलाई सरल, सुलभ र सुरक्षित स्वास्थ्य सेवा प्राप्तिका लागि स्वास्थ्य सेवाप्रदायक संस्थासँगको सहकार्य र सहजीकरणलाई निरन्तरता दिइने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij