२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड

वीरगन्ज महानगरपालिकाको बजेट ३ अर्ब ५५ करोड

960
Shares

वीरगन्ज- वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को ३ अर्ब ५५ करोड ३९ लाख ३७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरको नवौं महाधिवेशमा महानगरपालिकाकी उपप्रमुख तथा राजस्व समितिकी संयोजक शान्ति कार्कीले बजेट प्रस्तु गरेकी हुन् ।
विनियोजित बजेटको चालुतर्फ एक अर्ब ८६ करोड ३५ लाख ४२ हजार ९ सय अर्थात ५२.४४%, पुँजीगततर्फ एक अर्ब ६२ करोड ३३ लाख ३० हजार १ सय अर्थात ४५.६८% र वित्तीय व्यवस्थातर्फ ६ करोड ७० लाख ६४ हजार अर्थात १.८८% खर्च हुने अनुमान गरिएको छ ।

कुल खर्च मध्ये महानगरपालिकाले क्षेत्रगत रुपमा विनियोजन गरेको बजेट अनुसार आर्थिक विकास क्षेत्रमा१० करोड ८ लाख ३० हजार रूपैयाँ अर्थात २.८४ प्रतिशत, सामाजिक विकास क्षेत्रमा एक अर्ब १५ करोड ५८ लाख ७२ हजार अर्थात ३२.५१ प्रतिशत विनियोजन गरेको छ ।
त्यस्तै, पूर्वाधार विकास क्षेत्रमा एक अर्ब ३५ करोड ६६ लाख १८ हजार अर्थात ३८.१७ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धि क्षेत्र (वन, वातावरण तथा विपद् समेत) तर्फ १३ करोड ३२ लाख ७४ हजार रूपैयाँ अर्थात ३.७५ प्रतिशत र कार्यालयतर्फ ८० करोड ७३ लाख ४३ हजार अर्थात २२.७३ प्रतिशत विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी वर्ष सञ्चालन हुने मुख्य आयोजनाहरुमा ग्रामीण सहरी विकास परियोजनामा ४३ करोड ३३ लाख ९१ हजार, वडा स्तरीय योजना तथा कार्यक्रममा २८ करोड २७ लाख ३४ हजार, समपूरक कोष १७ करोड ६९ लाख २५ हजार, लक्षित कार्यक्रम ५ करोड ७६ लाख ५९ हजार, तराई मधेश समृद्धि कार्यक्रममा ३० लाख विनियोजन गरिएको छ । त्यस्तै सडक बोर्ड कार्यक्रममा २ करोड २९ लाख, रोजगार कार्यक्रम ७० लाख, वडा कार्यालय भवनतर्फ ५ करोड, उज्यालो वीरगंज कार्यक्रमतर्फ ४ करोड ७१ लाख, शैक्षिक विकासतर्फ ६१ करोड २० लाख १० हजार, स्वास्थ्यतर्फ २१ करोड ३० लाख १५ हजार विनयोजना गरेको छ ।

कृषि विकासतर्फ एक करोड ५३ लाख ८० हजार, पशु सेवा विकास २० लाख र जनसहभागितामा आधारित कार्यक्रमतर्फ ४ करोड २० लाखको बजेट व्यवस्था मिलाएको जनाएको छ । बजेटमा समावेश हुन नसकेका महत्वपूर्ण आयोजनाहरु प्रोजेक्ट बैंकमा राखेर श्रोतको उपलब्धता भए पछि क्रमशः कार्यान्वयन हुने व्यवस्था मिलाएको महानगर प्रमुख सरावगीले बताए ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारको वित्तिय समानिकरण ४६ करोड एक लाख, राजस्व बाँडफाँट २१ करोड २६ लाख ९८ हजार, सशर्त अनुदान ७६ करोड ५१ लाख प्राप्त हुने अनुमान गरेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण ३ करोड २९ लाख ९ हजार, सशर्त अनुदानतर्फ २ करोड, राजस्व बाँडफाँटतर्फ सवारी साधन २ करोड २८ लाख ७४ हजार, नगर विकास अनुदानतर्फ ४० करोड ३० लाख ९१ हजार, सडक बोर्डतर्फ २ करोड २९ लाख र युनिसेफतर्फ ३५ लाख प्राप्त हुने अनुमान रहेको जनाएको छ ।
नगद मौज्दाततर्फ ४७ करोड २८ लाख ६५ हजार र आन्तरिक आयतर्फ ८६ करोड १६ लाखको अनुमान गरिएको छ । आन्तरिक आयतर्फ ५९ करोड ७५ लाख अनुमान गरिएकोमा ११ महिनाको अवधिमा ४१ करोड ३२ लाख १३ हजार मात्र आय भई ६९.१६ प्रतिशत प्रगति भएको पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij