२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लगानी बोर्डबाट ९७ अर्ब लगानी स्वीकृत

लगानी बोर्डबाट ९७ अर्ब लगानी स्वीकृत

1.4K
Shares

काठमाडौं- लगानी बोर्डले ९७ अर्बको लगानी स्वीकृत गरेको छ। आज बालुवाटारमा सम्पन्न बोर्डको ४७ औं बैठकले ५४ करोड अमेरिकी डलर अनुमानित लागत रहेको माथिल्लो तमोर जलविद्युत परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रहेको तल्लो मनाङ्ग मर्स्याङ्गदी जलविद्युत परियोजना (१३९.२ मेगावाट)को लगानी स्वीकृत गरेको हो।

त्यस्तै झापाको दमकमा बन्ने भनिएको चीन नेपाल मैत्री औद्योगिक पार्क निर्माणका लागि परियोजना विसका सम्मझौता गर्नका लागि बोर्डलाई तयारी गर्न निर्देशन पनि दिएको छ।

त्यस्तै ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलिवद्युत आयोजनाका लागि भारतीय कम्पनी एसजेभिएन लिमिटेडसँगको समझदारीपत्रको मस्यौता बैठकले स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij