२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा सुरु

आजबाट उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा स्थगित सेवा सुरु

835
Shares

काठमाडौं – उपत्यका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले यसअघि स्थगित गरिएका सबै सेवाहरु आजबाट सन्चालनमा ल्याएका छन् ।
जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी मंगलबारबाट उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुनः सन्चालनमा ल्याएका हुन् ।
कोरोना संक्रमणको महामारी बढेपछि यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेका थिए ।
जिल्ला प्रशासन काठमाडौंका अनुसार मंगलबारबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।
त्यसैगरी हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाका सबै सरकारी एवं सार्वजनिक निकायलाई मंगलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
ललितपुर महानगरवासीले आइतबार, सोमबार र मंगलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने छन् ।
गोदावरी र महालक्ष्मीनगर पालिकामा बसोबास गर्नेहरुले बिहीबार र शुक्रबार जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउने व्यवस्था मिलाइएको छ । अन्य गाउँपालिकाहरुलाई भने बुधबार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयल ललितपुरले जनाएको छ ।
अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा थप खुकुलो बनाउँदै लगेका छन् । हाल काठमाडौं उपत्यकासहित ७५ जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij