२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जावलाखेल ग्रुपद्वारा कोरोना महामारीसँग जुध्‍न २ करोड सहयोग

जावलाखेल ग्रुपद्वारा कोरोना महामारीसँग जुध्‍न २ करोड सहयोग

870
Shares

काठमाडौं – जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिजले कोरोना महामारीसँग जुध्नका लागि २ करोड रुपैयाँ सहायता बाँडेको छ। समूहले सामुदायिक अस्पतालहरुको क्षमता विस्तारमा सहयोग गरेको जानकारी दिएको छ।

कोरोना प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आई.सी.यु. लगायत अन्य स्वास्थ्य सामाग्री खरिदका लागि पछिल्लो दुईसातामा २ करोड सहयोग गरेको जानकारी दिएको छ।

समूहले धुलिखेल अस्पतालमा अक्सिजन प्लान्ट र आइसियु विस्तारका एक करोड पैत्तीस लाख र नेपालका विभिन्न प्रदेशहरुमा सामुदायिक समुहको प्रयासको लागि सहयोग ७५ लाख सहयोग उपलब्ध गराइएको जानकारी दिएको छ।

जावलाखेल कम्पनीका कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले ब्यापारिक घरानाहरुले कुनैपनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकाश गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij