२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तले आइपिओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

नेष्डो समृद्ध लघुवित्तले आइपिओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल

1.3K
Shares

काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सर्वसाधारण समूहमा आइपिओ निष्कासन गर्नका लागि बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएके छ।
वित्तीय संस्थाका कर्मचारी र सामुहिक लगानी कोष समेतलाई छुट्याएको कुल ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि क्यापिटलसँग सम्झौता भएको हो।

सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरे।

पर्वत जिल्लाको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था, नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो। संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ छ।

संस्थापक समूहको ७० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा दुई वटा संस्था र ८१ जना संस्थापक शेयरधनीहरुबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँ बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ।

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ७८ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आएको छ।

विगत २० वर्ष देखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालले राष्ट्र बैंकको स्वीकृतिमा २०७५ फाल्गुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाको रुपमा ईजाजत प्राप्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij