२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चीनबाट नेपाल ल्याइयो ४०० वटा अक्सिजन सिलिन्डर

चीनबाट नेपाल ल्याइयो ४०० वटा अक्सिजन सिलिन्डर

965
Shares

काठमाडौं – सरकारले चीनबाट ४०० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। नेपाल एयरलाइन्सको जहाजबाट मंगलबार बेइजिङबाट सिलिन्डर नेपाल ल्याइएको हो ।
कोरोनाभाइरसका कारण देशभर अक्सिजनको हाहाकार भएपनि त्यसको पूर्ति गर्नका लागि चीनबाट अक्सिजन सिलिन्डर ल्याइएको हो ।

यस्तै चीनबाट १६० वटा अक्सिजन कसन्टेटर, १० थान भेन्टिलेटर समेत ल्याइएको छ । सरकारले चीनको अनुदानमा २० हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउने बताइएको छ ।

२० हजार सिलिन्डरमध्ये २ हजार विमानबाट र बाँकी सडक मार्ग हुँदै नेपाल लाइनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij