२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ

580
Shares

सुर्खेत – सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी घर्तीले बताए ।

उनीहरु दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij