२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

820
Shares

काठमाडौं – नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

दुवै राजदूतले एक संयुक्त पत्रमार्फत संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका छन् । दुई राजदूतको विचमा द्विपक्षीय सम्बन्धलाई कसरी विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने विषयमा समेत कुराकानी भएको न्यूयोर्कस्थित नेपाली मिसनले बताएको छ ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij