२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टिसियलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिस्नर

टिसियलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिस्नर

1.2K
Shares

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स टिसियलले वाइफाइबाट चल्ने एयर कन्डिस्नर बजारमा ल्याएको छ। एयर कन्डिस्नर विशेषगरी गर्मी मौसमका लागि ल्याइएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो कन्डिस्नर आर–३२ प्रविधिका ग्यास प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा बनेको छ। जुन वातारणमैत्री छ। जसमा २४–घण्टाको समयावधि, आफै खुल्ने सिस्टम, अटो सेफ्टी लगायतका विशेषता छन्। त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिस्नरमा खिया लाग्ने समस्या नरहेको कम्पनीको भनाइ छ। कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुनेछ।

उक्त कन्डिसरलाई स्मार्ट टिभी, मोबाइल र जुनसुकै वाइफाइमार्फत् जहाँबाट पनि कन्ट्रोल गर्न सकिन्छ। टिसियल ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गतको सिजी इलेक्ट्रोनिक्सको इओएलले नेपाली बजारमा बिक्री गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij