काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ३ सय ६४ जना र एन्टिजेन विधिबाट १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
काठमाडौं उपत्यकामा भक्तपुरमा १२४, ललितपुरमा २४० र काठमाडौंमा १६०२ जना गरी १९६६ संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमित संख्या २६ हजार २ सय २५ रहेको छ।
कोरोनाबाट निको हुनेको दर ९०.५ प्रतिशत छ। पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१९४ पुगेको छ। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ७ हजार ९ सय २५ पुगेको छ।
गत २४ घण्टामा ५५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७८ हजार ५०६ पुगेको मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij