२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निषेधाज्ञामा पनि सेयर बजार खुल्ला रहने

निषेधाज्ञामा पनि सेयर बजार खुल्ला रहने

840
Shares

काठमाडौं– बैशाख १६ गते अर्थात बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा सरकारले २ हप्तासम्म हुने बताएको छ । तर यो अवधिमा पनि सेयर बजार भने खुलै रहने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।
गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द भएको थियो ।
ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij