२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपत्यकाबाट घर फर्किनेहरु बढे

उपत्यकाबाट घर फर्किनेहरु बढे

930
Shares

काठमाडौं – काठमाडौं उपत्यकामा विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij