२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२ वर्ष जेल सजाय तोकिएकी फरार महिला पक्राउ

२ वर्ष जेल सजाय तोकिएकी फरार महिला पक्राउ

620
Shares

काठमाडौं – लेनदेन मुद्दामा कसुर ठहरपछि फरार रहेकी दाङकी धनमाया बुढालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका–१४ बस्दै आएकी ३१ वर्षीया धन मायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला अदालत दाङले ०७६ कार्तिक ६ मा लेनदेन मुद्दामा कसुर ठहर गर्दै उनलाई २ बर्ष कैद हुने फैसला गरेको थियो । घोराही उप–महानगरपालिका स्थित मिलनचोक बस्ने धन मायालाई घरबाट पक्राउ गरेर अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत दाङको आदेशले उनलाई कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij