२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

मेगा बैंक र भोटेवहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघबीच सम्झौता

1.6K
Shares

काठमाडौं – मेगा बैंक नेपाल र भोटबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ। विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौता गरिएको हो।

सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरे।

मेगा बैंकले उक्त संघसँग आवद्ध उद्यमीलाई व्यवसाय विस्तारका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्ने बताएको छ। बैंककाअनुसार साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही उक्त कर्जा दिइनेछ।

साथै, उद्यमीहरुलाई बैंकको सबै सुविधा दिनेछ। क्युआर कोड पनि वितरण गरिनेछ, जसबाट बैंकिङ कारोवार गर्न सहज र सरल हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij