२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतको नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा

भारतको नयाँ दिल्लीमा एक साताका लागि लकडाउन घोषणा

840
Shares
NEW DELHI, INDIA - MARCH 22: Indian policemen push barricades to place them in the center of a a road leading to historic India Gate, during a one-day nationwide Janata (civil) curfew imposed as a preventive measure against the COVID-19 on March 22, 2020 in New Delhi, India. Death toll due to coronavirus in India reached seven on Sunday with three more fatalities as the country observed a "janta curfew" or public lockdown on the appeal of Prime Minister Narendara Modi. Besides placing under lockdown till March 31st, 75 districts with confirmed coronavirus cases , the government also decided to shut down train, metro and inter-state services to curb the spread of the global pandemic in India. (Photo by Yawar Nazir/Getty Images)

भारत- भारतको राजधानी नयाँ दिल्लीमा एक साता लामो लकडाउन घोषणा गरिएको छ । पछिल्ला दिन कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार राती १० बजेदेखि अर्को सोमबार बिहानसम्म लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘सरकारले पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै एक साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । लकडाउन आज राती १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म लागू हुनेछ ।’ उनले लकडाउनको समयमा गरिबहरुमाथि निकै अप्ठ्यारो अवस्था आउन सक्ने भएकोले दिल्ली छाडेर नजान आग्रह गरेका छन् । उनले पछिल्लो समय दैनिक २५ हजारभन्दा बढी संक्रमित देखिन थालेपछि लकडाउनको घोषणा गर्नुपरेको बताए ।

मुख्यमन्त्री केजरीवालले भने, ‘लकडाउन घोषणा गर्ने वित्तिकै कोरोना खत्तम हुँदैन भन्ने मेरो मान्यता हो, यसको तीव्रतामा कमी आउने हो । एक हप्तामा हामी बेड, औषधी र अक्सिजनको व्यवस्था गर्छौं ।’ लकडाउन घोषणा गरिएपनि परीक्षा दिने विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा छुट दिने व्यवस्था गरिएको छ भने टिकट देखाएर रेलवे स्टेशन र एयरपोर्टमा आवतजावतका लागि छुट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij