२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते

दाउन्नेमा बस दुर्घटना हुँदा ३१ जना घाइते

790
Shares

नवलपरासी- पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस सडकबाट खस्दा ३१ जना घाइते भएका छन् । बस सडक २ सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले रातोपाटीलाई जानकारी दिइन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भइ खसेको हो ।

दुर्घटनामा परी घाइते मध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij