२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि रवि लामिछानेले पहलमा बनेको रास्कोट अस्पताल सञ्चालनमा

आजदेखि रवि लामिछानेले पहलमा बनेको रास्कोट अस्पताल सञ्चालनमा

890
Shares

काठमाडौं– पत्रकार रवि लामिछाने नेतृत्वको समुहको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ।
मंगलबार उक्त अस्पताल भवन हस्तान्तरण भएको छ। अस्पतालले पूर्ण रूपमा नयाँ भवनबाट सेवा सुरू गरेको जनाएको छ। अस्पताल १५ शय्या क्षमताको हो। आकस्मिक कक्षमा पाँच शय्या छ। यहाँ एमबिबिएस गरेका चिकित्सक रहन्छन्।
अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग उठेको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij