२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बसको ठक्करबाट सिन्धुपाल्चोकमा मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट सिन्धुपाल्चोकमा मोटरसाइकल चालकको मृत्यु

840
Shares

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ३ ख ९६५८ नम्बरको बसले बा ५९ प ६९८६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक त्रिपुरासुन्दरी गाउँपालिका–५ का ३२ वर्षीय नारायण श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सिन्धु सदावर अस्पताल खाडीचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ का ४० वर्षीय सोमबहादुर श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल रिफर गरिएको छ भने ७ वर्षीय अनुच श्रेष्ठको सिन्धु सदावर अस्पताल खाडीचौरमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij