काठमाडौं– प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आइतबार परेपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबार नहुने भएको छ ।
सरकारले उपत्यकामा सार्वजनिक विदा दिएसँगै केन्द्रीय राजधानी काठमाण्डौंमा रहेको नेप्से कार्यालय पनि बन्द हुने भएको छ । बाहिरी जिल्लामा सार्वजनिक विदा नभएपनि नेप्सेको कार्यालय केन्द्रीय राजधानीमा रहेका कारण देशभरका शेयर ब्रोकर कार्यालयहरु आइतबार बन्द हुने भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij