२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षतामा पोखरेल

डेभलपमेण्ट बैँकर्स एशोसिएसनको अध्यक्षतामा पोखरेल

985
Shares

काठमाडौं– डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् ।
एशोसियसनको चैत २४ गते मंगलबार चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । सो कार्य समितिमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल अध्यक्ष, उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत चयन भएका हुन् ।

सदस्यहरुमा लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी र ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य चयन भएका छन् ।

नव नियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार समेत सम्हालेका छन् । एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आ.व. २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७७/०७८ को अनुमानित आय व्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij