२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको केवाईसि विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

सानिमा बैंकको केवाईसि विद्युतीय माध्यमबाट अद्यावधिक गर्न सकिने

835
Shares

काठमाडौं – सानिमा बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै विद्युतीय (अनलाइन)माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसि) अद्यावधिक गर्न सक्ने सुविधा संचालनमा ल्याएको छ ।

सानिमा बैंकको ग्राहक महानुभावहरुले बैंकको वेबसाइट (www.sanimabank.com) मा लगिन् गरी “अनलाइन केवाइसि” मा क्लिक गरी विद्युतीय फारममा आवश्यक विवरण भरेर आफ्नो व्यक्तिगत विवरण (केवाइसि) अद्यावधिक गर्न सक्ने छन् ।

यद्यपी मोबाइल नम्बर परिवर्तन गर्न र ल्याप्चे सहितको विवरणको लागि भने सम्बन्धित ग्राहक महानुभावहरुले आफ्लाई पायक पर्नेे शाखामा सम्पर्क राख्नु पर्नेछ । बैंकमा उपस्थित नभई आफ् अनुकूल स्थान र समयमा व्यक्तिगत विवरण छिटो, छरितो र सुरक्षित तरिकाले अद्यावधिक गर्न सकिने हुनाले यो सुविधाबाट धेरै भन्दा धेरै ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij