२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त

एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त

1.5K
Shares

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंककाे सीईओका रुपमा नियुक्त गरेको हो ।

यसअघि सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा काम गरेको लामो अनुभव उनीसँँग छ ।

साढे २ दशक बैंक तथा वित्तीय संस्थामा अनुभव हासिल गरिसकेको उनी एक परिचित बैंकरमा रुपमा परिचित छन् । उनलाई बैंक तथा वित्तीय संस्थामा सञ्चालन तथा बैंकिङ जोखिममा राम्रो अनुभव र दक्षता भएको बैंकरका रुपमा धेरैले चिन्छन् ।

उनी सीई‌‍ओकाे रुपमा बैंकमा प्रवेश गरेसँगै बैंकले पहिलो पटक नेपाली सीईओ पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij