२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उत्कृष्ट १५ करदाता सम्मानित

उत्कृष्ट १५ करदाता सम्मानित

2.3K
Shares

काठमाडौं– सरकारले वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ ।
आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५–७६ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।
आव २०७५–७६ मा पनि सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीका रूपमा सम्मानित भएको छ । सूर्य नेपाल यसअघिका आर्थिक वर्षहरुमा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित हुँदै आएको थियो ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा मुख्यसचिव शंकरदास बैरागीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरेका थिए । व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी विजय कुमार शाह सम्मानित भएका छन् । हिमालयन डिष्टिलरीका सञ्चालक समेत रहेका शाह दोस्रो पटक सम्मानित भएका हुन् ।

निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल प्रालि, विशेष उद्योगमध्ये हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये अन्नपूर्ण एग्रो इण्डष्ट्रिज, र नबिल बैंक बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका छन् । त्यसैगरी सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्दै छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ ।
बढी आयकर तिर्नेमा बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवामध्ये मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपाल प्रालि र पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल लिमिटेड सम्मानित भएको छ ।

विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा आइएमई लिमिटेड, व्याापार व्यवसायतर्फ अग्नी इन्कर्पोरेटेड प्रालि, मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबारमा) पर्ने करदातामध्ये कामना सेवा विकास बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्रभित्र (वार्षिक पाँच करोडसम्म कारोबारमा) बाट सबैभन्दा बढी आयकर तिर्ने करदताको रुपमा भि।एफ सर्भिसेस (मोरिसस) प्रालि रहेको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उत्कृष्ट कर सहभागिता भएको करदतामध्ये घोराही सिमेन्ट इन्डष्ट्रिज प्राली सम्मानित भएको छ । कम्पनीले मुल्य अभिवृद्धि करतर्फ २०६५–६६ देखि २०७७ असार मसान्तसम्म समयमा नै कर विवरण र कर बुझाएका करदाता तथा आव २०७६–७७ मा सबैभन्दा बढी भ्याट तिर्ने करदताको रुपमा सम्मान पाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij