२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिराहाको लहानमा सिटिजन्स बैंकको शाखा

सिराहाको लहानमा सिटिजन्स बैंकको शाखा

805
Shares

काठमाडौं– सिटिजन्स बैंकको शाखा सिराहाको लहानमा खुलेको छ। शाखा विस्तार गर्ने क्रममा बैंकले आफ्नो १६७ औं शाखा सिराहाको लहानमा खोलेको हो।
साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउँने उद्देश्यले शाखा खोलेको बैंकले बताएको छ। शाखा सञ्चालनमा आएसँगै यहाँका स्थानीयले सहजै बैंकिङ कारोबार गर्न सक्नेछन्।

सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने बैकको प्रतिबद्धता छ।

बैंकले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रदानगर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij