२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय विराटचोकमा

सिभिल बैंकको एक्सटेन्सन काउन्टर करदाता सेवा कार्यालय विराटचोकमा

1.5K
Shares

काठमाडौं  -सिभिल बैंकले करदाता सेवा कार्यालय विराटचोकमा पनि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले मोरङ जिल्ला, सुन्दरहरैचा नगरपालिका वडा नं ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले गरेका हुन् ।

काउन्टरको उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर विष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । अब त्यस क्षेत्रका सेवाग्राहीहरूले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागसँग सम्बन्धित करहरूको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij