२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको साधारण सभा चैत २० गते

सपोर्ट लघुवित्तको साधारण सभा चैत २० गते

1.2K
Shares

काठमाडौं – सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २० गते, शुक्रबार होटल इस्टर्न प्यालेस प्रा.लि. इटहरीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

लघुवित्तको सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभामा प्रदेश ३ मा रहेको शाखा कार्यालय स्थानान्तरण, बन्द, बिक्री गरी प्रादेशिक रुपमा (१ नं. प्रदेश अन्तर्गत सम्पूर्ण जिल्ला कार्यक्षेत्र) कार्य गर्ने र सो कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ६ गतेदेखि २० गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार चैत ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij