२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१ को फारम खुला

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१ को फारम खुला

915
Shares

काठमाडौं -नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१ आयोजना हुने भएको छ । यो अवार्डलाई स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गर्न लागेको हो । यो अवार्डको मनोनयन चैतको अन्तिम सातामा सार्वजनिक गरेर बैशाखको पहिलो साता यो अवार्ड आयोजना गरिने भएको छ । जसका लागि १५ चैतसम्म फारम भरिसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।
यो प्रतियोगितामा सहभागी हुने गीत सँगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनु पर्ने आयोजक पक्षले जनाएको छ । गएको एक वर्ष कोभिड १९ का कारण सन २०२० मा यो अवार्ड आयोजना गर्न नसकिएकाले पनि सो वर्षको अवार्डलाई गाभेर नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ गर्न लागिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताएका छन् ।
यस अघि मिसेज नेपाल टुरिजम, मिस टिन प्लस टु, मिस टिन एसईईलगायतका विभिन्न सौन्दर्य प्रतियोगिता तथा फेशन शोहरु आयोजना गर्दै आएको स्टार वान इन्टरटेनमेन्ट प्रा.लि.ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजक संस्थाका अध्यक्ष पूजा निरौलाले यो अवार्डलाई मुलुककै प्रतिष्ठित अवार्ड बनाउने लक्ष्य आफुहरुको रहेको बताएकी छिन् । उनका अनुसार यो अवार्डमा गीत संगीत तर्फ आधुनिक, गजल, लोक, लोक दोहोरी, पप, लोक पप, चलचित्र, राष्टिय भाव, चाड पर्व, भाषाभाषी, भेक विशेष र भजन गीतहरु सहभागी हुन पाउने छन् । यी गीतले उत्कृष्ट गीत, गीतकार, संगीतकार, गायक, गायिका, नव गायक, नवगायिका, युगल गायन, संगीत संयोजन, गीत रेकर्डिङ, गीत मिक्सिङ, म्युजिक भिडियो, भिडियो निर्देशक, नृत्य निर्देशक, मोडल (पुरुष, महिला) नव मोडल (पुरुष, महिला), बाल मोडल, सम्पादक, छायाँकार, सृँगार, कस्ट्युम डिजाईनर र म्युजिक कम्पनी विधामा प्रतिस्पर्धा गर्ने संयोजक पूजा निरौलाले जानकारी गराईन् ।
यस्तै फेसन तर्फ यो अवार्ड कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाईनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट अर्गनाईजर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाईनि इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
अवार्ड समारोहमा संगीत, मोडलिङ र फेशनमा आजिवन योगदान दिएकाहरुलाई आजीवन योगदान सम्मान प्रदान गरिने भएको छ । यस्तै एकजना कला पत्रकारलाई पुरस्कारका साथै अन्य कला पत्रकारलाई सम्मान पनि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij