२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रचण्ड-माधव पक्षका सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन

प्रचण्ड-माधव पक्षका सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन

1.2K
Shares
sf7df8f}F, ^ df3M sf7df8f}Fdf cfof]lht k|]; ;ªu7g g]kfnsf] b|f];|f] /fli6«o e]nfdf pkl:yt g]skf cWoIfåo k'iksdn bfxfn …k|r08Ú / dfwjs'df/ g]kfn Ps cfk;df s'/fsfgL ub}{ . t:jL/M k|bLk/fh jGt, /f;;

काठमाडौं – नेकपा प्रचण्ड-माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।
बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij