काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। माइक्रोफाइनान्सले चैत ५ गते, क्रिक रिसोर्ट, धादिङवेशी, धादिङमा सातौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै माइक्रोफाइनान्सले अन्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा प्रस्ताव पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ माइक्रोफाइनान्सले फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सो सभामा सहभागिता जनाउन र माइक्रोफाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल माइक्रोफाइनान्सको चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजार २५० रुपैयाँ रहेको छ। २१ प्रतिशत बोनस शेयर वितरणपश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी ३१ करोड ९४ लाख ९४ हजार ७४२ रुपैयाँ पुग्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij