२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

1.5K
Shares

काठमाडौं– सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजीनामा गरेका छन् । पौड्यालको राजीनामा आजै बस्ने बैंक संचालक समितिले स्वीकृत गर्ने बताइएको छ ।

बैंक सञ्चालकसंगको विवादका कारण पौड्यालले राजीनामा गर्ने अवस्थामा पुगेका हुन् । पौड्याल र सञ्चालकबीचको विवाद राष्ट्र बैंकले मिलाएको भएपनि पूर्ण रुपमा समाधान हुन नसक्दा उनी बैंक छोड्न बाध्य भएका हुन् ।
पौडेल २०७६ असार २९ गते सनराइजको सीईओ नियुक्त भएका पौड्यालले साउन ९ गतेदेखि सीईओको जिम्मेबारी सम्हालेका थिए । सीईओ बनेको १९ महिनामा पौड्याल बैंकबाट बाहिरिएका हुन् । उनी ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए ।

करिब ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij