२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लघुवित्त कम्पनीहरुमा लगानीकर्ता आकर्षित

लघुवित्त कम्पनीहरुमा लगानीकर्ता आकर्षित

1.6K
Shares

काठमाडौं– साताको अन्तिम कारोबार दिन दोस्रो बजारका लगानीकर्ताहरु लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएका छन्। यस दिन शेयरमूल्य सर्वाधिक बढ्ने १० कम्पनीहरुका सूचीमा ९ वटा लघुवित्त कम्पनीहरु परेका छन्।

बिहीबार नेप्से परिसूचक ०.३४ प्रतिशत बढ्दा १ दर्जन भन्दा बढी कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोमध्ये अधिकांश लघुवित्त कम्पनी रहेका छन् भने बाँकी जलविद्युत कम्पनी रहेका छन्।

यस दिन सूर्योदय लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, समिट लघुवित्त, महुली सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सर्पोट लघुवित्त, कालिका लघुवित्त र ग्रामिण विकास लघुवित्तको शेयर सकारात्मक सर्कित लेभलमा कारोबार भएको हो। त्यसैगरी, सिनर्जी पावर, माउन्टेन हाइड्र र राधी विद्युत र पाँचथर पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा ६० कम्पनीको शेयरमूल्य भने घटेको छ जसमध्ये प्रभु लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको शेयरमूल्य यस दिन ३.४६ प्रतिशत अर्थात ३२ रुपैयाँ घटेर ८९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij