२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको वार्षिक साधारणबाट २० प्रतिशत लाभांश पारित

हिमालयन बैंकको वार्षिक साधारणबाट २० प्रतिशत लाभांश पारित

830
Shares

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारित गर्दै बैंकको अठ्ठाइसौं वार्षिक साधारण पौष २७ गते सोमबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ।

सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । ग्राहकवर्गले बैंकप्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी गराइयो ।

यसका साथै २८ वर्ष देखि निरन्तर सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको तथा नवीन, सुरक्षित तथा अत्याधुनिक बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप अझ सुलभ तथा स्तरीय सेवा पु¥याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको व्यहोरा सभा समक्ष व्यक्त गरेको छ ।

हाल, बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४ हजार २०० भन्दा बढी पोस टर्मीनल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएकोे छ ।

समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ । यस अबधिमा बंैकको निष्कृय कर्जा १.०१ प्रतिशतमा सिमित गरिएको छ।

बैंकको बार्षिक साधारण सभा कोभिड-१९ को महामारीको कारण नेपाल सरकारद्वारा जारी स्वस्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij