काठमाडौं– टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले स्मार्ट कम्प्याक्ट ट्रक ‘टाटा इन्ट्रा भी२०’ नेपाली बजारमा ल्याएको छ।
ठूलो लोड बडी, ११०० केजीको अधिकतम भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज, मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ।
यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिन भित्र ओहोर/दोहोर गर्न सजिलो हुने थप ठाऊँ छ। यससँगै सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ।
यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ। त्यस्तै यसमा भएको केवलसिफ्ट मेकानिज्मर ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित हुने कम्पनीले जनाएको छ। टाटा इन्ट्रा भी२०मा १.४ लिटरक्षमताको डिजल इन्जिन रहेको छ, जसले ७० बिएचपी र १४० एनएमको टर्क पैदा गर्छ।
यो कम्प्याक्ट ट्रकलाई नेपाल भर छरिएर रहेका सिप्रदी ट्रेडिङ्गका सेल्स, सर्भिस र स्पेयर पार्टस्को सञ्जालले बिक्री तथा संम्हार गर्नेछन्। कम्पनीले टाटा इन्ट्राको शुरु मूल्य १९ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij