काठमाडौं -धितोपत्र बजारमा भएको धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ लागु गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ। धितोपत्र बोर्डको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार र उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको बाेर्डले बताएको हो।
सिडिएसले आफ्नो विनियममा भएको हालको ‘टि प्लस थ्रि’ लाई ‘टि प्लस टु’ मा ल्याउनेका लागि बोर्डमा पेश गरेकोमा, बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र ‘टि प्लस टु’ गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको हो।
यस व्यवस्था सिडिएस एण्ड क्लियरिङ्गले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने बताईएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij