२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

दुई लाख बढीले लिए राष्ट्रिय परिचयपत्र

920
Shares

झापा- झापाका पन्ध्र स्थानीय तहमध्ये जिल्लाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

छ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरेको बताए ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए। उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij