२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिमा बाइडेनको जित अमेरिकी संसदले प्रमाणित गर्‍यो

राष्ट्रपतिमा बाइडेनको जित अमेरिकी संसदले प्रमाणित गर्‍यो

850
Shares

अमेरिकाका दुबै सदनको संयुक्त बैठकले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएको प्रमाणित गरेको छ।
स्थानीय समयअनुसार बुधबार अबेर राति सकिएको दुबै सदनको बैठकले बाइडेन ३०६ इलेक्टोरल कलेज मत पाएर विजयी भएको कुरालाई प्रमाणीकरण गरेको हो। उनका प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्लले २३२ इलेक्टोरल मत पाए।

सुरूदेखि नै चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पका समर्थकले बैठक चलिरहेको बेला संसद भवनमा हिंसा मच्याएका थिए। चार जनाको ज्यान गएको हिंसाका कारण बैठक अवरूद्ध भएको थियो।

स्थितिलाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनले जितेको प्रमाणित गरेको हो। उपराष्ट्रपति माइक पेन्सले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेन हुने घोषणा गरे। बाइडेनले जनवरी २० मा राष्ट्रपतिको सपथ लिनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij