२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा

कामना सेवाको एक्सटेन्सन काउन्टर बानेश्वर बहुमुखी क्याम्पसमा

2K
Shares

काठमाडौं -कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं स्थित बानेश्वर बहुमुखी क्याम्पसमा विस्तारीत शाखा (एक्सटेन्सन काउन्टर) स्थापना गरि कारोबार सुरु गरेको छ ।
बैंकका तर्फबाट अध्यक्ष सुदीप आचार्य तथा क्याम्पसका तर्फबाट प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको उद्घाटन गरे ।
अब यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाटनै भुक्तानी गर्नसक्नेछन् । साथै कामना सेवाका अन्य ग्राहकहरुले पनि यस एक्सटेन्सन काउन्टरबाट बैकिङ्ग कारोबार गर्न सक्नेछन् ।
सार्वजनिक बिदा बाहेकका दिनहरुमा ग्राहकहरुले यो काउन्टरबाट बिहान ७ ः३० बजे देखी दिउँसो ३ बजे सम्म कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij