२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

1.3K
Shares

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएकोहो । उनीहरूले अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्री बनाउन माग गरेका छन्।

अविश्वास प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका छन्।

मुख्यमन्त्रीकै कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजीनामा दिएका छन्।
बागमती प्रदेशमा ११० जना सांसद छन्। तीमध्ये ८० जना नेकपाका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij