२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने

नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने

2.5K
Shares

काठमाडौं -नबिल बैंकले शेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्नेनबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई ३५.३६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले शेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । नबिल बैंक गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश गर्ने बैंकको पहिलो नम्बरमा पुगेको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् । हाल नबिल बैंकको चुक्ता पूँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ छ । बोनस पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ४८ करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij