काठमाडौं– गुडविल फाइनान्सले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
फाइनान्स सञ्चालक समितिको पुस ५ गते सम्पन्न बैठकले कर सहित ८.४ प्रतिशत बोनस तथा कर सहित ३.६ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले ६ करोड ७२ लाख बराबरको बोनस र २ करोड ८८ लाख बराबरको नगद लाभांस वितरण गर्नेछ ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।
फाइनान्सले पुस २९ गतेका लागि साधारण सभा बोलाएको छ भने लाभांस तथा साधारण सभा प्रयोजनार्थ पुस १७ गतेदेखि बुक् क्लोज गर्ने जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij