२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री पौडेलको निर्देशन : पूँजीबजारको ब्रोकर कमिसन घटाउनु

अर्थमन्त्री पौडेलको निर्देशन : पूँजीबजारको ब्रोकर कमिसन घटाउनु

1.6K
Shares

काठमाडौं -अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् ।

अर्थमन्त्रीले ब्रोकर कमिसन घटाउनका लागि बिलम्ब नगर्नु र प्रो एक्टिभ भएर लाग्न आग्रह गरेका हुन् । अर्थमन्त्री पौडेलले पूँजीबजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्याहरु समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिएकाे जारी बिज्ञप्तिमा उल्लेख छ ।

साथै, पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न पनि निर्देशन दिएका छन् । उनले ऐन, नियममा सुधार गर्नु पर्ने भए त्यसको तयारी गर्न पनि आग्रह गरेका छन् ।

बैठकमा अर्थमन्त्रालयका सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पैडासैनी, आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सहसचिव झक्कप्रसाद आचार्य, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij