२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मलेसियन गाडी ब्रान्ड ‘प्रोटोन’ नेपालमा आउँदै

मलेसियन गाडी ब्रान्ड ‘प्रोटोन’ नेपालमा आउँदै

3K
Shares

काठमाडी – मलेसियन गाडी ब्रान्ड ‘प्रोटोन’ नेपाल भित्रिने भएको छ। दुईपांग्रे र तीनपांग्रे सवारी साधन बिक्री गर्दै आइरहेको जगदम्बा मोटर्सले प्रोटोन नेपाली बजारमा ल्याउन लागेको हो। जगदम्बाले प्रोटोनको ‘साँगा’ मोडलबाट चार चक्के सवारी साधन बजारमा प्रवेश गर्न लागेको हो। यसअघि जगदम्बा मोटर्सले टिभिएसको स्वामित्व ग्रहण गरेर उक्त ब्रान्डलाई निकै चर्चित बनाएको थियो।

कम्पनीले टिभिएस मोटरसाइकल र स्कुटरका साथै टिभिएस किङ (तीनचक्के अटो) र एडनक लुब्रिकेन्ट्सको नेपालमा बिक्रीवितरण गर्दै आइरहेको छ। टिभिएसमार्फत जगदम्बाको सफलता पछाडि यसको गुणस्तरीय सेवा र देशैभर फैलिएका डिलरमार्फत स्तरीय ग्राहक सेवा र सम्बन्ध पनि प्रमुख कारण रहेका कम्पनीको दावी छ।

यसै अनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ अघि लैजाने योजना जगदम्बा मोटर्सको छ। प्रोटोनबाट पनि टिभिएस अनुरुपकै सफलता हासिल गर्ने कम्पनीको विश्वास छ। हाल काठमाडौंस्थित शोरुममार्फत प्रोटोनको ‘साँगा’ मोडलको गाडी भित्र्याउन लागेको जगदम्बाले आउँदा दिनमा सेवा सुविधालाई थप विस्तार गर्दै पोखरा, विराटनगर, वीरगंज, धनगढी, नेपालगंज, इटहरीमा पनि आफ्नो डिलर र सर्भिस सेन्टर सुरू गर्ने जनाएको छ।

कम्पनीले आगामी दिनमा प्रोटोनका मोडल क्रमबद्ध रूपमा नेपाल भित्र्याउँदै जाने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij