२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीबीसी मास्टर सेफ प्रोफेसनल्स- २०२० को शीर्ष ३ मा सन्तोष साह

बीबीसी मास्टर सेफ प्रोफेसनल्स- २०२० को शीर्ष ३ मा सन्तोष साह

1.5K
Shares

काठमाडौं – नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’को शीर्ष तीनमा प्रवेश गरेका छन् । उनी बुधबार बेलुका प्रसारित कार्यक्रमबाट शीर्ष तीनमा छनोट भएका हुन् ।
उनले बुधबारको कार्यक्रममा पुरी,भुटेको खुर्सानी, बासी भात शैलीमा भुटेको चिउरा, गंगटाको करी, साँधेको भटमास, रायोको साग, खिरलगायतका परिकार बनाएका थिए । उनले यी सबै खाना बनाउन आफूले आमाबाट सिकेको बताए ।

नेपाली खानालाई विश्वमा चिनाउनेल लक्ष्य राख्ने सन्तोषका लागि बुधबार आफ्नो प्रिय मान्छेका लागि खाना बनाउन दिइएको थियो । बुधबार उनले आफ्नी आमालाई सम्झिँदै खाना बनाए । १२ वर्षको उमेरमा मजदुरी गर्दा उनलाई आमाले टिफनबट्टामा खाजा ल्याइदिन्थन् । आमाछोराले सँगै खान्थे ।

बुधबार उनले निर्णायकहरुलाई पनि आफूले बनाएको खाना टिफिनको बाकसमा राखेर दिएका थिए । यसअघि उनले कोदोको खिर, सिस्नो र आलुको तरकारी, मकैको रोटी, तामाको अचार, यमोरीलगायतका नेपाली खानाहरु उनले निणरयकहरुलाई खुवाइसकेका छन् । उनले बनाएका खानाहरु निर्णायकहरुले पनि मन पराउँदै आएका छन् ।

सन्तोष विश्वचर्चित यो कार्यक्रमको फाइनलमा पुग्ने पहिलो नेपाली हुन् । यो कार्यक्रममा ३२ प्रतियोगीहरु हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij