२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संस्थापक शेयर बिक्री गर्दै सनराइज बैंक

संस्थापक शेयर बिक्री गर्दै सनराइज बैंक

1.6K
Shares

काठमाडौं– सनराइज बैंकको ४ लाख ६५ हजार १ सय ८१ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकका ३ जना संस्थापक शेयरधनीहरुले उक्त परिमाणको शेयर बिक्री गर्ने भएका हुन ।

बैंकले बिहीबार प्रकाशित गरेको सूचना अनुसार बैंकका तीन जना शेयरधनीले ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक बिक्री गर्न लागेका हुन । सो संस्थापक शेयरको मूलय प्रतिकित्ता १ सय ६५ रुपैयाँ तोकिएको छ ।

बैंकको संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्न गर्न बैंकले आग्रह गरेको छ ।उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ । आवेदन बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको शेयर रजिष्ट्रार विभागमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij