२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौं – दिल्ली नियमित उडान आजबाट शुरु

काठमाडौं – दिल्ली नियमित उडान आजबाट शुरु

2K
Shares

काठमाडौं – आजबाट भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ । सरकारले ११ चैतपछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो ।

त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गरेको छ। ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ । भारतले एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत हवाई उडान खुकुलो बनाएको छ ।

नेपाल सरकारले समेत सोही स्कीम स्वीकार गरेपछि भारतसँगको उडान खुलेको हो । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij